युरोप — राजन भुसालको निर्देशनमा तयार भएको चलचित्र ‘एक्टरः टेक वान’ युरोपमा समेत प्रदर्शन हुने भएको छ।उक्त चलचित्रलाई युरोपमा ‘क्या दामी’ इभेन्टले प्रदर्शनमा ल्याउन लागेको हो ।
क्या दामी इभेन्टले प्रदर्शनमा ल्याउन लागेको चलचित्रलाई सपोर्ट भने एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले गरेको छ। चलचित्र युरोपको कुन कुन देशमा प्रदर्शन हुने भन्ने कुरा आयोजकले सार्वजनिक गरेको छैन। आयोजक ‘क्या दामी’ इभेन्टलेले बताए अनुसार,युरोपको थुप्रै देशहरूमा प्रदर्शन हुने तयारी भइरहेको छ।
चलचित्रमा दिव्य देव, उषा रजक, सुशील सिटौला, सिर्जना अधिकारी, बादल भट्ट, प्रदीप के. चौधरी, सिर्जना अधिकारी लगायतको पनि अभिनय छ ।
आकाश बराल र निर्देशक भुसालको लेखन रहेको चलचित्रमा थमन कुमार भण्डारी निर्माता र अनीश भुसाल सह-निर्मातामा छन् । यसमा नरेन्द्र मैनालीको छायांकन छ भने सम्पादन निमेष श्रेष्ठ तथा द्वन्द्व निर्देशन अष्ट महर्जनको छ ।