प्रवास

रोमानियामा सोनाम ल्होछार मनाउने

लाक्पा तेन्जी शेर्पा।

रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाले मन्जु श्रि सम्बत २८६१ डुल ल्होको अवसरमा आउँदो फेब्रुअरी २, आइतबारका दिन बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रम Restaurant The President, Bulevardul Lacul Tei 145, București 020384 मा हुने भएको हो।

यस वर्षको सोनाम ल्होछार कार्यक्रम गत वर्षहरूझैं भव्य र सभ्य हुने अपेक्षा गरिएको छ। नेपाल तामाङ घेदुङ रोमानियाले, रोमानियामा रहेका विभिन्न संघसंस्था, व्यवसायिक व्यक्तित्व, सञ्चारकर्मी, तथा सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाई सफल बनाउनको लागि आग्रह समेत गरेका छन्।

कार्यक्रमको मुख्य विशेषता —

कार्यक्रमको शुभारम्भ बिहान सम्माननीय धर्मगुरु खेन्पो लामा मिग्मारको बाहुल्यतामा, नेपाल तामाङ घेदुङ रोमानियाका लामा प्रमुख छोग्यल लामा र लामा सेरपद्वारा पूजा पाठबाट गरिनेछ।

सांस्कृतिक कार्यक्रममा तामाङ समुदायका मौलिक परम्परागत नृत्य तथा संगीत प्रस्तुत गरिनेछ भने स्थानीय नेपाली कलाकारहरूको बेजोड प्रस्तुति समेत रहनेछ। कार्यक्रमलाई अझ विशेष बनाउन रोमानियन डिजे र नेपाली डिजे लोमसको समेत सहभागिता हुनेछ।

परम्परागत खाना र स्वाद —

कार्यक्रममा तामाङ समुदायको परम्परागत परिकार र नेपाली परिकारहरूको विशेष मेनु उपलब्ध हुनेछ। साथमा, विभिन्न प्रकारका पेय पदार्थहरूले सहभागीहरूको आतिथ्य सत्कार गरिनेछ।

समुदाय एकताको भावना —

नेपाल तामाङ घेदुङ रोमानियाले यो कार्यक्रमले रोमानियामा रहेका नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्दै तामाङ संस्कृति र परम्पराको जगेर्ना गर्ने विश्वास लिएको छ।

सोनाम ल्होछार, तामाङ पात्रोअनुसार नयाँ वर्षको आगमनको प्रतीक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *