Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

पाँच समाचारको साथमा : युरोपाटीद्वारा युरोप ब्रिफिङ

आज जनवरी २८, २०२५ मंगलबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ –

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा युरोप आउने 

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा युरोप आउने भएका छन्। फिनल्याण्ड रहेको चौतारी इभेन्टद्वारा आयोजित उक्त कार्यक्रमका लागि चर्चित गायक पशुपति शर्मा सांगीतिक प्रस्तुतिका लागि युरोप आउने भएका हुन् ।

नेपाली नयाँ वर्ष २०८२ लाई मध्यनजर गर्दै फिनल्याण्ड रहेको चौतारी इभेन्टद्वारा आयोजना गरेको उक्त सांगीतिक कार्यक्रमका लागि गायक पशुपति शर्माले फिनल्याण्ड लगायत युरोपको विभिन्न देशहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्।

साइप्रसमा गोर्खा किचनद्वारा सोनाम ल्होछार तथा साँस्कृतिक कार्यक्रम हुदै  

युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा तामाङ समुदायहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम यही आउँदो फेब्रुअरी ९ तारिख आइतबार लिमासोलको नियो फियस्टा बेन्क्युट हलमा हुने भएको हो।

तामाङहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा  उक्त साँस्कृतिक कार्यक्रमका लागि चर्चित गायक मिलन लामा समेत साइप्रस आउने भएका छन्।

धादिङ समाज जापानको छैटौँ अधिवेशन आउँदो मार्च २३ तारिख गर्ने —

संस्था स्थापना कालदेखि नै जापानमा एक सक्रिय संस्था धादिङ समाज जापानको छैटौँ अधिवेशन आउँदो मार्च २३ तारिख गर्ने भएको छ। जापानमा बसोबास गर्ने धादिङ जिल्लावासीहरूलाई समेटेर सन् २०१३ मा स्थापना भएको संस्था धादिङ समाज जापानले थुप्रै सामाजिक कामहरू गर्दै आइरहेको छ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन तथा १८ औं साधारण सभा मे १० र ११ मा हुदै —

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन तथा १८ औं साधारण सभा अमेरिकाको लस भेगस शहरमा हुने भएको छ। जनवरी २५, २०२५ मा बसेको नेजा कार्यसमितिको २०औं बैठकले अधिवेशन मे १० र ११, २०२५ मा गर्ने निर्णय गरेको संस्थाले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो।

यसैगरी, नेजाको नयाँ सदस्यता एवं सदस्यता नवीकरण गर्ने मिति फेब्रुअरी १०, २०२५ सम्म रहेको संस्थाले जनाएको छ। विधानअनुसार, अधिवेशन हुने मितिको ३ महिनाअगाडि नै नयाँ सदस्यता एवं सदस्यता नवीकरण गरिसक्नुपर्ने व्यवस्था छ।

विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति चाड भव्यताका साथ सम्पन्न 

विश्व मगर संघ बेल्जियमद्वारा आयोजित “माघ्या सकराटी“ माघे संक्रान्ति चाड भव्यताका साथ सम्पन्न भएको छ । लुभेन क्यासेल्लो स्थित डोन बोस्को हलमा सम्पन्न विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्राती भव्यताका साथ भएको हो ।

विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरको सभापतित्वमा बेनेलक्स र युरोपियन युनियनका लागि कार्यवाहक राजदुत रूस कार्कीको प्रमुख आतित्यतामा जेष्ठ नागरिक प्रमुख सल्लाहकार,राम बुढा मगर, संरक्षक लाल प्रसाद पाईजा मगर, संस्थाका संरक्षक मार्के मगर र विशेष अतिथिहरू अन्तर्राष्ट्रिय मगर महासंघ महासचिव तथा आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगर ,एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा र अन्तर्राष्ट्रिय मगर महासंघ युरोप संयोजक नेत्र मगर, लुभेन नगरपालिका सदस्य सूर्य ढकाल ,मगर समाज युके अध्यक्ष सिता पुन, कल्चरल डाइरेक्टर सरू गुरुङ राना मगर पोर्चुगल मगर समाजका सल्लाहकार यामेन्द्र घर्तिमगर , बिशिष्ठ अतिथी सिताराम थापा मगर नेपाल मगर संघ केन्द्रीय सदस्य, एनआरएन अध्यक्ष तथा मगर समाज नेदरल्याण्ड सल्लाहकार मिम पूर्जा ,मगर समाज नेदरल्याण्डकी शान्ति थोकरको बिशेष उपस्थिति रहेको थियो ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *