

क्रोएसिया ।
फागुन २३ बाट प्रदर्शनमा आएको चलचित्र होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल–३’ युरोपको क्रोएसियामा मार्च २३ तारीख प्रदर्शन हुने भएको छ।
जाग्रेबस्थित ‘नेशनल युनिभर्सिटी सेसभेट’ मा प्रदर्शनमा आउने चलचित्र क्रोएसियास्थित नेपाली थकाली हाउसले प्रदर्शनमा ल्याउन लागेको क्रोएसियाबाट विनोद अधिकारीले जानकारी दिए।
मार्च २३ आइतबारको दिन प्रदर्शन हुने चलचित्रको टिकट नेपाली थकाली हाउस, बजार टोकरी, बुद्ध मार्ट, थोमस बार, एयरिङ कलेक्सन र लालिगुरास होस्टेल जाग्रेबमा पाइने भएको छ।साथै उक्त चलचित्रको टिकेट १० युरो रहेको छ।
क्रोएसियामा उक्त चलचित्र ३ शोमा प्रदर्शन हुने भएको हो। जसमा बिहान ११ बजे, दिउँसो २:१५ बजे र अन्तिम शो बेलुकी ५:३० बजे प्रदर्शनमा आउने भएको हो।
उक्त चलचित्र सम्बन्धी थप जानकारी चाहेमा तल दिएको सम्पर्क नम्बरमा +३८५ – ९७६६४४८५६ / +३८५ – ९५३९२८५६३ सम्पर्क गर्न समेत आयोजकले आग्रह गरेको छ।
उक्त चलचित्र नेपालसहित विभिन्न देशहरूमा समेत प्रदर्शन हुने निर्देशक सशान कँडेल सन्तोषले जानकारी दिए। पोस्टरमा प्रमुख चार पात्रलाई चित्रण गरिएको छ, जसमा आशिष घिमिरे, पारस बम ‘कुल ब्वाय’, रिहान गिरी र पदम तामाङ छन् ।
आशिष चर्चित अभिनेता केदार घिमिरे ‘माग्ने बूढा’का छोरा हुन् । उनी यो फिल्मबाट डेब्यु गर्दैछन् । पारस बम सामाजिक सञ्जालका चर्चित कन्टेन्ट क्रिएटर हुन् । रिहान गायक तथा ‘भ्वाइस अफ नेपाल’को सिजन ५ का फाइनलिस्ट हुन् ।
फिल्ममा सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुष लगायत कलाकारले पनि अभिनय गरेका छन् ।
माधव शर्माको पटकथा रहेको ‘होस्टेल’३ लाई सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । कर्ण कार्की र गोविन्द अधिकारी निर्माता, सुरेश कँडेल सहनिर्माता र शङ्कर कोइराला कार्यकारी निर्माता हुन् । यसअघि फिल्मका दुवै सिक्वेल हिट भएका थिए ।
थप चलचित्रको पोस्टरबाट :