

पोर्चुगल — पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा डेनमार्कमाथि ५-२ गोलअन्तरको सानदार जित दर्ता गर्दै पोर्चुगलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
आफ्नै मैदानमा भएको खेलमा पोर्चुगल निकै हाबी बनेको थियो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसहित फ्रान्सिस्को, गोन्कालो रामोसले एकएक गोल गरेका थिए भने एक गोल उपहार पाएको थियो । डेनमार्कका लागि क्रिस्टिनसेन र क्रिष्टियन इरिक्सनले एकएक गोल गरे ।
पहिलो लेगमा डेनमार्कले घरेलु मैदानको फाइदा उठाउँदै पोर्चुगलमाथि १-० को जित दर्ता गरेको थियो ।