इटाली — गैर आवासीय नेपाली संघ (एनआरएन) इटालीकाअध्यक्ष भावेश सिंहले एकताको महाधिवेशन गराउनएनआरएनए उच्चस्तरीय समितिले खोलेको वेबसाइटमागएर ढुक्क भएर सदस्य बन्न सकिने जनाएका छन्।
सर्वोच्च अदालतको पटक पटकको निर्देशन अवज्ञा गर्दै बद्री केसी पक्षले सदस्यता सूचना प्रणाली (एमआइएस) मा पहुँच नदिएपछि उच्चस्तरीय समितिले आफ्नै वेबसाइट (www.nrnahlc.com) खोलेर निशुल्क सदस्यता वितरणसुरु गरेको छ।
“अहिलेको एमआइएस प्रणालीमा फेस भेरिफिकेशन जस्ताप्रावधानहरु राखिएको थियो। तर उच्चस्तरीय समितिले बनाएको वेबसाइट एकदमै सुरक्षित छ र आफ्नो परिचयतथा विदेशमा कम्तीमा दुइ वर्ष बसेको प्रमाण खुलेकोदस्तावेज राखेर निवेदन दिन सकिन्छ,” इटालीको मिलानसहरमा डेटा वैज्ञानिकको रुपमा कार्यरत सिंहले भने।
हामी एमआइएस प्रणालीमा आबद्ध छैनौं। त्यसैलेएनआरएनए इटालीले इटालीमा रहनु भएका सबैएनआरएनहरुलाई उच्चस्तरीय समितिको वेबसाइटमा गएर सदस्य बन्न वा आफ्नो सदस्यता नवीकरण गर्न आह्वानगरेका छौं,” सिंहले भने। उनले हाल उच्चस्तरीय समितिकोवेबसाइटमा अपलोड गरिएको डेटा आगामी मे महिनामामहाधिवेशन सम्पन्न भए पछि सुरक्षित रुपमा एमआइएसप्रणालीमै मर्ज गरिने पनि जनाए।
एनआरएनए उच्चस्तरीय समितिका सदस्य तथा एनसीसीसमन्वय उपसमितिका संयोजक बिनोद कुँवरले पनि सबैएनसीसीहरुलाई उच्चस्तरीय समितिले बनाएको वेबसाइटमागएर सदस्य बन्न वा सदस्यता नवीकरण गर्न सहजीकरणगरि दिन आग्रह गरेका छन्। ‘हाम्रो वेबसाइटमा अपलोडगरिएको सबै कागजातको गोपनीयताको जिम्मा हामीलिन्छौं। ती कागजातको विवरण कानून अनुसार गोप्य रहनेछन्,” उनले भने। उनले संसारभरिका सबैएनआरएनहरुलाई ढुक्क भएर ३१ मार्च २०२५ भित्रसदस्यता लिन तथा नवीकरण गर्न अपिल पनि गरेका छन्।
Leave a Reply