Home Login
खेलकुद

नेसन्स लिगः स्पेन र जर्मनी पनि सेमिफाइनलमा

पोर्चुगल —  साविक विजेता स्पेन यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ५-४ गोलअन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।

यसअघि यी दुईबीचको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमा पनि ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो र स्पेनले बाजी मारेको हो । नेदरल्यान्ड्स भने बाहिररिएको छ ।

यसैगरी जर्मनी पनि सेमिफाइनलमा प्रवेश गरेको छ । आज जर्मनी र इटालीले ३–३ गोलको बराबरी खेले । तर पहिलो लेगमा जर्मनी २–१ गोलले अघि भएका कारण उसले इटालीमाथि समग्रमा ५–४ को नतिजा हासिल गरेको हो ।

Leave a Reply