पोर्चुगल (लिस्बन) । शनिबार मार्च २९ र आइतबार मार्च ३० तारिख वितरण गर्ने भनेको कागजपत्र लगायत राहदानीहरु छुटपुट भएका बाँकी कागजपत्र लगायत राहदानीहरु मार्च ३१ तारिख सोमबार बितरण नगर्ने भएको छ । नेपाली राजदूतावास लिस्बनले सामाजिक सञ्जाल फेसबुक पेजमा सूचना सार्वजनिक गर्दै जानकारी दिएको हो।
नेपाली राजदूतावास पेरिसबाट प्रमाणित भई नेपाली राजदूतावास लिस्बनमा प्राप्त प्रहरी चारित्रिक प्रमाणपत्र, पारिवारिक प्रमाणपत्रहरु तथा राहदानीहरु अलाकान्त्रा, लिस्बनस्थित राजदूतावासको कार्यालयबाट वितरण गर्दै आएको थियो।
सोमबार मार्च ३१ तारिख कारणवश बितरण नहुने भएको हो । कागजपत्र लगायत राहदानीहरू लिन बाँकी सेवाग्राहीहरु सोमबार मार्च ३१ तारिख कार्यालयमा नआउनका लागि समेत दूतावासले आग्रह गरेको छ।
बितरण हुन बाँकी कागजातहरु राजदूतावास खुल्ने अन्य दिनहरुमा दिउसो २ वजेदेखि ५ वजेसम्म बुझिलिन सकिने व्यहोरा उक्त सूचनामा उल्लेख गरेको छ ।
Leave a Reply