युरोपाटी सम्वाददाता —
नर्वेको राष्ट्रिय दिवस (Norwegian Constitution Day) प्रत्येक वर्ष मे १७ तारिखमा मनाइन्छ । यो दिन सन् १८१४ मे १७ मा नर्वेले आफ्नो संविधान अंगीकरण गरेको सम्झनाको स्वरूप मनाइने गरिन्छ ।
यसको ऐतिहासिक पृष्ठभूमि —
सन् १८१४ मा नर्वेले डेनमार्कसँगको संघबाट स्वतन्त्रता खोज्दै Eidsvoll भन्ने स्थानमा संविधान बनाएको थियो । त्यस दिन नर्वेले आफैलाई स्वतन्त्र राज्य घोषणा ग–यो र एक संवैधानिक राजतन्त्रको रूपमा स्थापना भयो ।
यद्यपि पछि स्वीडेनसँग संघमा गयो, तर त्यो संविधानलाई महत्वपूर्ण ऐतिहासिक कदमको रूपमा लिने गरिन्छ ।
नर्वेको राष्ट्रिय दिवसमा के हुन्छ ?
बच्चाहरूको परेड (barnetog), राष्ट्रिय पोशाक (bunad) लगाउने परम्परा, झण्डा फहराउने कार्यक्रम र देशभर उत्सव मनाइन्छ । त्यस्तै यो दिन सैन्य शक्ति होइन, नागरिक स्वतन्त्रता र बालबालिकाको उत्सवको रूपमा मनाइन्छ, जुन विश्वमै दुर्लभ परम्परा हो ।