कुवेत सिटी — गत ७ जुन २०२५ मा सोल्टी ग्रुप कुबेतको आयोजनामा गरिएको कार्यक्रममा सिमोन भट्टराईमाथि सांघातिक हमला भएको छ । कुवेतको जिलिबस्थित अस्पाएर इण्डियन स्कुलको सभाहलमा कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा लागि नेपालबाट दुर्गेश थापासहितका कलाकारहरु बोलाइएको थियो।
सोल्टी ग्रुपले आयोजना गरेको सो कार्यक्रमस्थलमा सिमोन भट्टराईमाथि आफूलाई एनआरएनको (बद्री पक्षको) वरिष्ठ उपाध्यक्ष भन्ने मानबहादुर तमाङ उर्फ दिलकुमार पाख्रिन र आफूलाई एनआरएनको सदस्य भनेर चिनाउने दामोदर बटाला र प्रवक्ता भनेर आफूलाई चिनाउने हर्कमान मोक्तानले सिमोनमाथि सांघातिक रुपमा आक्रमण गरेका छन् ।
संगीतमय कार्यक्रममा आक्रमण हुनु अत्यन्तै लज्जास्पद, निर्मम, र मानवता विरोधी अपमान हो। जहाँ मानिसहरू खुसी, शान्ति र साङ्गीतिक आनन्दको खोजीमा पुग्छन्, त्यस्तो ठाउँमा हिंसा हुनु केवल निर्दोष मानिसहरूप्रति होइन, सभ्यता र संस्कृतिप्रतिको हमला हो ।
सोल्टीमार्टले आयोजना गरेको कार्यक्रममा सिमोन भट्टराईमाथि नै उनीहरूको आक्रमण किन ?
सिमोनलाई उनीहरूकै कार्यक्रमस्थलमा आक्रमण भएको छ । उनीहरूकै कार्यक्रममा आक्रमण गर्नुको मुख्य उद्देश्य भनेको हामी गुण्डागर्दी शैलीमा पनि उत्रिन्छौं है भनेर देखाए। कार्यक्रम भएको स्थलमा सिमोन भट्टराईलाई पहिलेदेखि नै दामोदर बटालाले पिछाइरहेको थियो। अनि सार्वजनिकस्थलमा सिमोन भट्टराईलाई गालीगलौज गर्दै आक्रमण गरे । आक्रमण गर्ने व्यक्तिहरू तीन / चार जना पहिचान भएको छ भने, बाँकी पहिचान हुन बाँकी नै छ ।
जो ती व्यक्तिहरू कुवेतका वास्तवमै भन्ने हो भने एक किसिमको अराजक फैलाउने समाजका भाइरस हुन ।
सिमोनमाथि आक्रमण भएपछि मानबहादुर तामाङ (दिलकुमार पाख्रिन) भनेर चिनिने व्यक्तिले सिमोनलाई आज तलाई हामी यही मारिदिन्छौं समेत भनेका थिए। मादक पदार्थ सेवन गरेर आएको थिए । यो घटना नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्साल कार्यक्रम स्थलबाट बाहिर जाने बित्तिकै भएको थियो । यसरी सिमोनमाथि आक्रमण हुँदाखेरि आयोजक टिमले भने कुनै प्रतिक्रिया जनाएको छैन । सिमोनमाथि आक्रमण गर्ने व्यक्तिहरू भनेका रणध्वज लामा टिमकै व्यक्तिहरू हुन् । त्यसकारण रणध्वज लामाले कुनै पनि प्रतिक्रिया जनाउन मानेनन् ।
सिमोनमाथि आक्रमण गर्ने यस्ता खाले व्यक्तिहरू छन् कि उनीहरूको बारेमा जहिले पनि गुणगान मात्रै गाइदिनुपर्ने । उनीहरूको विरुद्धमा कसैले सामाजिक सञ्जालमा लेख्यो भने र भने उनीहरु माथि नै खनिने उनीहरूको एउटा प्रवृत्ति पनि हो ।