पोर्चुगल — हमाल म्युजिक प्रा. लि.को गौरवमय प्रस्तुतिमा एक नयाँ नेपाली भजन “ब्रम्हा विष्णु महेश्वर” सार्वजनिक भएको छ । उक्त गीत हमाल म्युजिकको आधिकारिक युट्युब च्यानल मार्फत दर्शक तथा श्रोतामाझ ल्याइएको हो ।
चर्चित गीतकार शिब हमालको शब्दमा तयार भएको यस भजनमा गोविन्द पंगेनीले लय भरेका छन् । भजनमा गोविन्द पंगेनी र लोकप्रिय गायिका समीक्षा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । “ब्रम्हा विष्णु महेश्वर, तिनै लोकका मालिक” बोलको यो भजनले त्रिदेवको महिमा र शक्तिको गुणगान गरेको छ ।
भजनको म्युजिक भिडियोलाई स्मृति तिमल्सिना ‘गुरु आमा’ले निर्देशन गरेकी हुन् । भिडियोमा अहिलेका चर्चित कलाकार सुधिर श्रेष्ठ र स्मारिका ढकालको अभिनय रहेको छ, जसले भजनको भावलाई जीवन्त बनाउने प्रयास गरेका छन् ।
हमाल म्युजिक प्रा. लि.ले यसअघि पनि विभिन्न सफल गीत तथा भजनहरू बजारमा ल्याइसकेको छ । यसै क्रमलाई निरन्तरता दिँदै हिन्दु धर्मावलम्बीहरूको आस्थालाई सम्मान गर्दै यो भजन प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
गीतका सर्जकहरूले यस भजनले श्रोताहरूको मनमा शान्ति र भक्तिभाव जगाउने विश्वास व्यक्त गरेका छन् । गीत सार्वजनिक भएसँगै युट्युबमा दर्शकहरूबाट सकारात्मक प्रतिक्रियाहरू आउन थालेका छन् ।
भिडियो हेर्नुहोस् :