मुख्य समाचार :
लामा आपडको आयोजनामा साइप्रसमा विशेष हरितालिका तीज कार्यक्रम हुने ।
– कार्यक्रम ‘एटिकोन हल’मा आयोजना हुने, स्थान निश्चित। – आयोजकद्वारा सम्पूर्ण साइप्रसवासी नेपालीहरूलाई सहभागिताको लागि आह्वान।
– सिट सुरक्षित गर्न चाँडै टिकट लिन अनुरोध।
साइप्रस — आउँदो अगस्ट २४ तारिख, आइतबारका दिन साइप्रसको पाफोसमा ‘लामा अपार्ट’को आयोजनामा भव्य हरितालिका तीज विशेष कार्यक्रम आयोजना हुने भएको छ ।
प्रवासमा रहेका नेपाली महिला तथा सम्पूर्ण नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले तीजको सांस्कृतिक महत्वलाई जीवन्त राख्ने र आपसी सद्भाव बढाउने लक्ष्य राखेको आयोजकले जनाएको छ । लामा आपडको सक्रिय आयोजनामा हुन लागेको यो कार्यक्रम ‘सीता पार्क’ नजिकै अवस्थित ‘एटिकोन हल’मा सम्पन्न हुनेछ ।
आयोजकका अनुसार, कार्यक्रम स्थल साइप्रस बैंक र सेकेन्ड ह्यान्ड कफी सपको बीचमा रहेको छ, जसले गर्दा सहभागीहरूलाई स्थान पत्ता लगाउन सहज हुनेछ ।
कार्यक्रममा स्थानीय कलाकारहरूले तीज विशेष सांस्कृतिक प्रस्तुति दिनेछन्, जसले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनेछ । साथै, तीजको मौलिकता झल्काउने नेपाली गीत-सङ्गीतमा सहभागीहरूले भरपुर मनोरञ्जन लिन पाउनेछन् ।
कार्यक्रमको अर्को प्रमुख आकर्षणको रूपमा दर खाने कार्यक्रम रहेको छ । सहभागीहरूका लागि टिपिकल नेपाली परिकारहरूको व्यवस्था गरिएको छ, जसमा पुलाउ, लोकल खसिको लेदो, नेपाली अचार, सेल, राज्मा ग्रेभी, सब्जी तरकारी, नेपाली सलाद र दरको रूपमा खीर समावेश छन् ।

कार्यक्रमलाई व्यवस्थित बनाउन र सहभागीहरूको सुविधालाई ध्यानमा राख्दै आयोजक समितिले अग्रिम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिएको छ । आफ्नो सिट सुरक्षित गर्नका लागि जतिसक्दो चाँडो आफ्नो नाम दर्ता गराई टिकट लिनुहुन पनि सूचित गरिएको छ । कार्यक्रममा सहभागी हुनका लागि टिकट शुल्क २० युरो तोकिएको छ । पाफोस बाहिरबाट आउने सहभागीहरूको सुविधालाई ध्यानमा राख्दै बसको समेत व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।
यस हरितालिका तीज विशेष कार्यक्रम सम्बन्धी थप जानकारी वा टिकट खरिदका लागि इच्छुक महानुभावहरूले सिधै सम्पर्क नम्बर ९७८१९६८३ मा फोन गर्न सक्नुहुनेछ । आयोजकले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा राखेको छ ।