Home Login
राष्ट्रिय

त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

काठमाडौं मंगलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुवाँको मुस्लो बढेपछि आज साँझसम्म विमानस्थल बन्द रहने भएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको छ । तर, आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् ।

यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो । उडान ठप्प हुँदा हवाई यात्रु अलपत्र परेका छन् ।

Leave a Reply