नेपाली समाज जम्बुजिराद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

जम्बुजिरा । नेपाली समाज जम्बुजिराले जारि गरेको सरसफाई सम्बन्धि सुचना अनुसार जुलाई २० तारिख शनिवार सो कार्यक्रममा सहभागी भै सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

संचालित सरसफाई अभियानमा जम्बुजिरा र सान्ततोनियामा बसोवास गर्ने नेपालीहरुले दिन भरिको कामको थकाईको बाबजुद पनि साँझ पख अतिरिक्त समय मिलाएर आफू बसेको क्षेत्रलाई प्रदुषण मुक्त बनाउनु पर्छ भनेर लागि पर्नु भएको कृयाशिलताले पुष्टि गर्दछ ।

सरसफाईको लागि करिब ८/१० जनाको ८/१० ओटा समूह बनाइ सबैतिर परिचालित समुहले सरसफाई कार्यक्रमलाई अत्यन्त राम्रो प्रकारले सम्पन गरेको थियो ।

उक्त कार्यक्रमको अगुवाई तथा नेतृत्व जम्बुजिराका पुराना नेपाली सफल ब्यबसायी राम कंडेलले गर्नु भएको थियो ।

अभियनमा संलग्न सम्पूर्ण साथिहरुले सरसफाइ कार्यक्रम सकिए पछि जम्बुजिरा स्थित चर्च पछाडिको चौरमा भेला भै कार्यक्रमको समिक्षा र आगामी कार्यक्रम पनि यसरी नै सामुहिक नेतृत्वमा गरिनुपर्छ भन्ने बारेमा छलफल गरि आबस्यकता अनुसार सामुहिक बसाई गर्दै निर्णयमा पुग्ने सहमती गर्दै कार्यक्रम समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *