निर्देशनमा डब्यु गर्दै नबिन सुनार

(LISBON BARZ (लिस्वन बार्ज) र्‍याप गीतबाट निर्देशनमा डब्यु सुरु गरे चितवनका नबिन सुनारले )

लिस्बन । बिहीबार पोर्चुगलको राजधानी लिस्बनको लव लिस्बन रेस्टुरेन्टमा एक कार्यक्रम गरि उडान,संजय,अजेजे र एलनको स्वरमा LISBON BARZ (लिस्वन बार्ज) र्‍याप गीतमा सार्वजनिक गरिएको थियो । त्यहीँ सार्वजनिक गीतबाट उनीले म्युजिक इन्डस्ट्रीमा निर्देशकको रूपमा डब्यु गरेका छन्।

उनीले यस सार्वजनिक गरेको गीतमा निर्देशक मात्र नभएर कोरियोग्राफर र सम्पादक पनि आफैंले नै गरेका हुन् ।

नेपाल घर चितवन रहेका सुनार विगत सात वर्षदेखि पोर्चुगललाई नियाल्दै आइरहेका छन्। सुनार लामो समयदेखि यस क्षेत्रमा आबद्ध रहेर काम गरिरहेका छन्।

उनी आफै नै 𝐂𝐋𝐀𝐒𝐒 𝐗 𝐒𝐓𝐔𝐃𝐈𝐎 का म्यानेजिङ डाइरेक्टर समेत रहेका छन्।उनी अहिले पोर्चुगलमा बसोबास गर्दै विगत लामो समयदेखि 𝐂𝐋𝐀𝐒𝐒 𝐗 𝐒𝐓𝐔𝐃𝐈𝐎 बाट फोटो र भिडियो मार्फत दर्शकहरुसँग नजिक रहिरहेका छन्।

छोटो समयमा निकै रुचाइएको सुनार एक कुशल कलाकार समेत हुन् भन्दा फरक पर्दैन।उनीले पहिलो म्युजिक भिडियो निर्देशन गरेपछि दर्शकहरुबाट पनि निकै राम्रो प्रतिक्रिया पाइरहेको हामीलाई बताए ।

सुनारले विगत सात वर्षदेखि यस क्षेत्रमा आबद्ध भएर काम गर्दै गर्दाखेरि उनले आफ्नै युट्युब च्यानलमा एक्कासी हजार (८१,०००) सब्स्क्राइब समेत पुर्याइसकेका छन्।

अहिले उनीले पोर्चुगलको राजधानी लिस्बनमा आफ्नै स्टुडियो राखेर काम गरिरहेका छन्।उनको स्टुडियोबाट काम गरेका दर्शकहरू पनि निकै नै खुसी र उत्साहित देखिन्छन्।

उनीले हामीलाई जानकारी दिए अनुसार “दर्शकहरु खुसी हुनु नै आफ्नो मन सन्तुष्टि हुनु हो।” भन्ने जसरी उनले काम गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *