प्रवासी नेपाल मंच पोर्तुगल सेतुबाल क्षेत्रीय अधिवेशन सम्पन्न

 पोर्तुगल । प्रवासी नेपाली मंच पोर्चुगलले आफ्नो संगठन विस्तारको कामलाई तीब्र रूपमा अगाडि बढाइरहेको छ । यसै क्रममा मंचले सेतुबाल क्षेत्रमा क्षेत्रीय अधिवेशन गरी नयाँ कमिटी गठन गरेको छ ।

आज सेतुबाल स्थित Everest Multi Cozinha रेस्टुरेन्ट आयोजना भएको कार्यक्रमले अर्जुन भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।

प्रवासी नेपाली मंच पोर्चुगल राष्ट्रिय कमिटीका उपसचिव तथा संगठन विभाग प्रमुख मिलन रेग्मीको अध्यक्षता र सचिव दीपक सुवेदीको संचालनमा सम्पन्न भेलाको प्रमुख अतिथि पोर्चुगल राष्ट्रिय कमिटीका अध्यक्ष राजाराम लामिछाने, विशेष अतिथिको रूपमा गैरआवासीय नेपाली संघ युरोप क्षेत्रका उपसंयोजक रोबोट लिम्बू, आइसिसी सदस्य राजकुमार थापा, अतिथिको रूपमा प्रवासी नेपाली मंच पोर्चुगल राष्ट्रिय कमिटी उपाध्यक्ष दीपक खत्री, उपसचिव सुमन शर्मा चौलागाईं, आर्थिक विभाग प्रमुख नवीनकुमार थापा, मंचका युएइ उपाध्यक्ष यामबहादुर पुर्कोटी, विकास फुयाँल लगायतले उपस्थित भइ शुभकामना मन्तव्य दिएका थिए ।

अधिवेशनबाट सर्वसम्मत रूपमा गठन भएको मंचको क्षेत्रीय कमिटीहरुमा अध्यक्षमा अर्जुन भण्डारी ,उपाध्यक्ष रुद्रप्रसाद सुवेदी ,सचिव छविलाल पाण्डे ,उपसचिव  कोपिला गौतम ,उपसचिव अर्जुन ढकाल रहेको छ भने सदस्यहरुमा मणि पौडेल ,रमा घिमिरे ,दीपक पौडेल, सुशील दाहाल ,अनिल पौडेल ,सविना गुरुङ, किस्मत खनाल ,राज लामिछाने ,मुकुन्द भण्डारी , रेशम अर्याल ,पवन बराल ,राम डाँगी ,रवि पहारी ,साधना शर्मा भट्टराई र मन्जु केसी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *