काठमाडौं : नेपाललाई चीनले ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा चीनका राष्ट्रपति सि चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरेका हुन्।
मंगलबार बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राष्ट्रपति सिले ९ अर्ब अनुदान दिने घोषणा गरेको बताएका छन्।
उक्त भेटवार्ताको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन्।
Leave a Reply